चिर्पटले हानेर श्रीमतीको हत्या
खोटाङ | कात्तिक १०, २०८०
खोटाङ: खोटाङमा श्रीमानले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।
४० वर्षीय दावाले मादक पदार्थ सेवन गरी बिहीबार साँझ करिब ७ बजे ३६ बर्सिया लाक्पा शेर्पालाई चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरूबिच सामान्य विवाद हुँदा श्रीमानले चिर्पट प्रहार गरेको बताइएको छ । श्रीमती लाक्पाको शव घरदेखि करिब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।
चिर्पटले हानेर हत्या गर्ने श्रीमान् दावालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

